काठमाडौं । रिबन इन्टरटेन्मेन्ट प्रा.लीको आयोजनामा सम्पन्न भएको “मिस टिन अफ द ईयर २०१९ सिजन ४” को उपाधि सोलुखुम्बुको प्रतिभा राइले जित्न सफल भएकी छिन । काठमाडौंको रसियन कल्चरमा सम्पन्न फाईनल प्रतियोगितामा प्रतिभा राइले आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै उक्त उपाधि सहित मोबाईल र विभिन्न उपहार जित्न सफल भएकी थिइन् ।
उनले मिस ट्यालेन्ट र युट्युब मस्ट भिउर्सको उपाधि समेत जित्न सफल भएकी थिइन् । त्यसैगरी प्रतियोगितामा फस्ट रनर्स अप, मस्ट पपुलर तथा बेस्ट फोटोजेनिक नेहा धिताल, सेकेन्ड रनर्स अप तथा फेसबुक च्वाईस सृबिना राइले जितेका थिए ।
“मिस टिन अफ द ईयर २०१९ सिजन ४” प्रतियोगितामा बेस्ट र्याम्पवाल्क र बेस्ट स्किन साम्रगी पोख्रेल, बेस्ट स्माईल प्राश्ना राइ, बेस्ट हेयर नेहा खातुन र बेस्ट डान्स सलिना राइले प्राप्त गरे ।
रिबन इन्टरटेन्मेन्ट प्रा।ली द्धारा आयोजित यो प्रतियोगिताको निर्णायकमा सञ्चारकर्मी कलाकार तथा म्युजिक भिडियो निर्देशक सूर्य चन्द, मिसेस नेपाल टुरिजम २०१९ को बिजेता छिरीङ डोल्मा शेर्पा, अटो नेपालका एमडी भुसन श्रेष्ठ, टेलिभिजन प्रस्तोता बिकाश थपलिया तथा गायक डा. आभास लाभ थिए।
टिनएजर्स युवतीहरुको व्यक्तित्व विकाशको लागि यो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाको डाईरेक्टर निशु कान्त झाले बताए । प्रतियोगितालाइ कोरियोग्राफी तथा कार्यक्रम संचालन अश्विनी झाले गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
