रवि, युवराज र अस्मिताको छुनछेक बहस सुरु, छुट्लान् की नछुट्लान् ?

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन कसुरको मुद्दामा टेलिभिजन प्रस्तोता रवि लामिछाने र युवराज कँडेलको बयान सकिएको छ। आइतबार अस्मिता कार्कीको बयान लिइएको थियो। सोमबार रवि लामिछाने र युवराज कँडेलको बयान लिइएको हो।

बयान सकिएपछि सरकारी वकिलको मागको पक्ष र विपक्षमा थुनछेक बहस सुरु भएको छ। बयान लिएर बहस गर्ने काम आजै सकिए अदालतले के गर्ने भन्ने बारेमा फैसला गर्ने छ। बहसका लागि वकिलहरु धेरै भएकाले सोमबार नै सकिने नसकिने यकिन छैन।

Advertisement

पक्ष विपक्षमा बहस सकिए उनीहरुलाई तारेखमा छोड्ने वा धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने मध्ये कुनै एक आदेश अदालतले दिन सक्छ। पुडासैनी गएको साउन २० गते चितवनको कंगारु होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।

आत्महत्या गर्नुपूर्व उनले लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै आफ्नो मोबाइलयमा रेकर्ड गराएको भिडियो बाहिरिएपछि साउन ३० गते तीनै जनालाई प्रहरीले पक्राउ गरेको थियो।

More News last news
Loading...