एजेन्सी । वास्तुशास्त्रका अनुसार घरमा राखिने हरेक वस्तुको आ आफ्नै दिशा हुने गर्दछ। भनिन्छ, हाहीले जुन दिशामा सामान राख्छौँ, त्यसको प्रत्यक्ष असर हाम्रो जीवनमा समेत पर्ने गर्दछ। कुनै घरमा कुनै न कुनै कुरामा सबै विवाद हुने गर्दछ वा उस घरका सदस्य प्राय विरामी हुने गर्दछन् भने त्यसको कारण वास्तु दोष हुन सक्दछ। आज हामी तपाईलाई कुनै यस्तो कुराका बारेमा जानकारी दिदैछौँ, जसको ध्यान राख्दा वास्तु दोषबाट बच्न सकिन्छ।
यस्ता ५ चीज जसका कारण घरमा हुन्छ अशान्ति
१) वास्तु शास्त्रका अनुसार घरको मुख्य गेट वा ढोका अन्य भन्दा ठूलो हुनु पर्दछ। यदी मुख्य द्वार अन्य ढोका भन्दा सानो छ भने आर्थिक समस्या उत्पन्न हुने गर्दछ।
२) सूर्योदयका समयमा घरको ढोका सधै खुल्ला राख्नु पर्दछ। यसो गर्दा सकारात्मक उर्जा घरमा प्रवेश गर्ने गर्दछ।
३) घरको मुख्य ढोका वा गेट कालो रंगको बनाउनु हुँदैन्। वास्तु शास्त्र अनुसार घरको मुख्य द्वार कालो रंगको छ भने घरको मुख्य व्यक्तिले धोका, अपमान र लगातार नोक्सान सहनु पर्दछ।
४) घरको ढोकाका पछाडि कुनै पनि प्रकारका हतियार अथवा लठ्ठी नराख्नु होला । यसले परिवारका सदस्यबीच विवादको स्थिती सृजना गर्ने गर्दछ।
५) घरको कुनै पनि सदस्यको बेड रुममा वासिन मेसिन नराख्नु राम्रो मानिन्छ। यसले प्रेम जीवनमा समस्या ल्याउने काम गर्दछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
