अब जनताले राजालाई जस्तै हामीलाई पनि लखेट्न सक्छन् : अध्यक्ष प्रचण्ड

काठमाडौं । पुर्व प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सञ्चालनको कार्यशैलीप्रति चिन्ता व्यक्त गर्नुभएको छ। पार्टीनिकट प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसनको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

उहाँले घुमाउरो शैलीमा प्रधानमन्त्रीसमेत रहनुभएका अर्का अध्यक्ष केपी शर्मा ओलीले एकल निर्णयबाट पार्टी चलाइरहेको आरोप लगाउनु भएको छ । उहाँले भन्नुभयो, ‘कम्युनिष्ट पार्टीमा हिजो सामूहिक निर्णय, व्यक्तिगत जिम्मेवारी हुन्थ्यो । आजकालचाहिँ उल्टिएको छ, व्यक्तिगत निर्णय हुन्छ, जिम्मेवारी चाहिँ समूहले लिइदिनुपर्ने अवस्था छ ।’

Advertisement

कम्युनिष्टहरु सत्तामा नपुग्दासम्म समाज र जनताका निम्ति त्याग र बलिदानको कुरा गर्ने तर सत्तामा पुगेपछि सबै कुरा बिर्सिँदै जाने भन्दै आलोचना गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘बुर्जुवाहरुले कम्युनिष्टहरुलाई लडेर कुनै हालतमा हराउन सक्दैनन्, तर कम्युनिष्टहरु जब सत्तामा पुग्छन् उनीहरुलाई पनि बुर्जुवाकरण गरिदिन्छन् । एउटा गोली पनि खर्च नगरी सत्ता पल्टाइदिन्छन् ।’

उहाँले अब पनि चनाखो नहुने र आफूलाई सुधार नगर्ने हो भने जनताले लखेट्ने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, ‘हिजो राजा महाराजा लखेटेका जनता हुन्।

More News last news
Loading...