काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर जानुभन्दा पहिले भएको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गरिएको छ । सधैँको जसो बिहिबार सरकारले मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गरेको छ।
सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्नुभएको हो । उहाँले भदौं १,२ र ४ गते बसेको बैठकमा यस्ता ३५ निर्णयहरु भएको जानकारी दिनुभयो ।
निर्णयहरुको अन्तिम नम्बरमा प्रधानमन्त्री देश बाहिर भएको समयमा पनि भिडियो कलको माध्यमबाट बैठक बस्न सकिने भनिएको छ ।
नेपाल सरकार कार्यसम्पादन नियमावली २०६४ मा संशोधन गरी प्रधानमन्त्री स्वदेश वा विदेश भ्रमणमा रहेको अवस्थामा समेत भिडियो कन्फरेन्सीङ लगायत सुचना प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषदको बैठक बस्न सक्ने व्यवस्था थप गर्ने निर्णय गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
