सिंहदरबार भित्रै मृत भेटिएका नायब सुब्बाको ‘सुसाईड नोट’ भेटियो

काठमाडौँ । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार भित्रै मृत भेटिएका कर्मचारीले आत्मह’त्या गरेको पाइएको छ । राष्ट्रिय योजना आयोगका नायब सुब्बा बच्चु केसी कार्यालयमै मृत भेटिएका थिए।

उनको सुसा’इड नोट प्रहरीले भेट्टाएको छ । अपराधस्थलमा खटिएका एक अधिकृतकाअनुसार, नोटमा श्रीमतीको नाम लिएर ‘थोरै अंश पाइयो भनेर चिन्ता नगर्नू’ भनेका छन्। आफूले ‘कसैका कारण आत्मह’त्या गरेको होइन । पत्रकार वा अन्यले अर्को अर्थ नलगाउन्’ भन्ने समेत लेखेका छन्।

Advertisement

घटनास्थलमा पुगेका सिन अफ क्राइम (सोको) अफिसरले केसीको सुसा’इड नोट संकलन गरेका छन् । यसलाई परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइनेछ। उनको श’व भेटिएको ठाउँ नजिकै धान, गहुँको बालीमा प्रयोग गरिने एक किसिमको किटनाशक औषधिको खोल भेटिएको छ।

औषधिसँगै केराको बोक्रा पनि भेटिएकाले उनले केरामा मिसाएर विष सेवन गरेको आशंका गरिएको छ। मृतक केसी कीर्तिपुर नगरपालिका टौदहका हुन्। उनको मृत्युबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ।

More News last news
Loading...