प्रहरीले रविलाई ३ घण्टा केरकार गर्यो, रविले दिए यस्तो बयान ?

काठमाडौं । स्वर्गिय पत्रकार शालिकराम पुडासैनी प्रकरण सेलाउने देखिएको छैन। उनलाई जीवनत्याग गर्न दुरुत्साहन गरेको अभियोगमा अनुसन्धान लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता कार्कीको बयान सकिएको छ।

बयान सकिए लगत्तै उनीहरुलाई आज म्याद थपका लागि अदालत लगिँदैछ। यसअघि अनुसनधानका लागि जिल्ला अदालत चितवनले ५ दिनको म्याद दिएको थियो । यो बीचमा लामिछानेसँग प्रहरीले ३ घण्टा बयान लिएको बताइएको छ।

Advertisement

यस बयानमा रविले आफुले अहिले भाइरल भएको शालिकरामको भिडियो नहेरेको बताएका छन्। उनले अरु व्यक्तिहरुले भनेको आधारमा सुने पनि आफैंले भिडियो नहेरेको बताएका हुन्।

More News last news
Loading...