शालिकराम मृत्यु प्रकरण : पक्राउ परेकी युवतीको बयान सकियो, रवि र युवराजको लिइँदै

काठमाडौं । आफ्नै सकहर्मीलाई जीवनत्याग गर्न बाध्य पारेको आरोपमा पक्राउ परेकाहरुको बयान लिन थालिएको छ । पत्रकार शालिकराम पुडासैनीको जीवनत्याग प्रकरणमा दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका तीनैजनाको बयान लिने क्रम आज जारी रहेको छ।

सोमबार दिउँसोसम्म पुडासैनीलाई जीवनत्याग गर्न दुरुत्साहन गर्न प्रयोग भएकी युवती अस्मिता कार्की उर्फ रुकुको बयान सकिएको स्रोतले बताएको छ । अहिले रवि लामिछाने र युवराज कँडेलको बयान लिइरहेको बताएको छ । बयान सकिएपछि आजै वा मंगलबार मात्रै म्याद थप्ने नथप्नेबारे निर्णय हुनेछ।

Advertisement

उनीहरु गएको बिहिबार पक्राउ परेका थिए र तीनैजनालाई पाँच दिनका लागि म्याद थपिएको थियो । उक्त म्याद आज राति १२ बजे समाप्त हुनेछ । पुडासैनी गत साउन २० गते चितवनको कंगारु होटलमा मृत फेला परेका थिए ।

More News last news
Loading...