काठमाडौँ । पूर्व युवराज पारश शाहले त्रिभुवन विमानस्थलमा हंगामा खडा गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। आफ्ना छोरा ह्रदयन्द्र शाह र प्रेरणाका छोरामाथि प्रहरीले अपमान गरेको भन्दै पुर्व युवराज पारसले प्रहरीमाथी आक्रोश व्यक्त गरेका हुन्।
आमा कोमल शाहलाई बिदाई गर्न बिमानस्थल पुगेका छोरा र भान्जामाथि प्रहरीले अपमान गरेको भन्दै पारसले देखेपछि बिमानस्थलको सुरक्षार्थ खटिएका प्रहरी नायव निरिक्षकलाई छातीमा समातेर धकलेका हुन्। पारसको यो हर्कतलाई केही सञ्चारमाध्यमले हलो गरेका थिए।
यस्ता गतिविधिका कारण पारस बेला बेलामा विवादमा तानिरहने गर्दछन्। यो पटक पति उनको यो हर्कतले विवादित बनाएको छ। आमा कोमललाई बिदाई गर्न पारस र प्रेरणा शाहका छोरा पनि बिमानस्थल पुगेका थिए।
पुर्व राजा ज्ञानेन्द्र शाह २ साता अघि मात्रै थाइल्याण्ड गएका थिए भने हिमानी शाह पनि थाइल्याण्ड मै रहेकी छिन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
