चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानबिनका लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछाने जिल्ला प्रहरी कार्यलय चितवनको हिरासतमा छन् ।
यसैक्रममा हिरासतमा रहेका लामिछानेलाई कांग्रेस युबा नेता एवम् नेवि संघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले भेट गरेका छन्।
भेटपछि नेता काफ्लेले पूर्वाग्रह नराखी निश्पक्ष छानबिन हुनु पर्नेमा आफ्नो जोड रहेको बताए । रविले पनि निष्पक्ष छानबिनमा सघाउन तयार रहेको तर हालसम्म प्रहरीले बयान समेत नलिएको बताएको उनले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
