रवीका समर्थकद्वारा चितवन प्रहरी कार्यालयमा ढुंगामुढा, ५ प्रहरी घाइते

काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनमा शुक्रबार साँझ ढुंगामुढा भएको छ।

प्रहरी चौकी बाहिरबाट ठूलो समूहले चौकीभित्र ढुंगा, मुढा र रड प्रहार हुँदा ५ जना प्रहरी घाइते भएका चितवनमा प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए।

Advertisement

चौकीभित्र ढुंगा मुढा प्रहार भएपछि प्रहरीले १० सेल अश्रुग्यास हानेको एसपी मल्लले जानकारी दिए। पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई पक्राउ गरेको थियो।

उनीहरुमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट ५ दिन म्याद लिएको छ।

More News last news
Loading...