जाम हुने काठमाडौँका मुख्य–मुख्य ठाउँमा ‘ओभरहेड ब्रिज’ बनाउँछु : मन्त्री महासेठ

काठमाडौँ । सरकारले काठमाडौँको ट्राफिक जाम हुने मुख्य–मुख्य ठाउँमा ‘ओभरहेड ब्रिज’ निर्माण गर्ने घोषणा गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले काठमाडौँको कोटेश्वर, गौशाला, नयाँ बानेश्वर, चावहिल, थापाथली र कालिमाटी चोकमा ‘ओभरहेड ब्रिज’ निर्माण गर्ने घोषणा गरेका हुन् । त्यसका लागि आवश्यक डिजाइनको काम सुरु भैसकेको मन्त्री महासेठको भनाइ छ।

Advertisement

सोमबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री महासेठले चालु आर्थिक वर्षभित्र काठमाण्डौको सडकमा ‘स्मार्ट लाइट’ व्यवस्थापन गर्ने योजना पनि रहेको बताए । उनले त्यसका लागि सरकारले आवश्यक बजेटको समेत व्यवस्था गरिसकेको बताए।

More News last news
Loading...