एजेन्सी । घरको यो दिशामा मनिप्लान्ट राख्नुहोस, कहिल्यै धन सम्पतिको कमी हुने छैन घरको वास्तु दोष भगाउनको लागि हाम्रो धर्म शास्त्रहरुमा अनेकौ उपायहरु बताइएका छन्।
वास्तुशास्त्रका अनुसार अनेक किसिमका रुख बिरुवा लगाउदा घर को नकारारात्मक उर्जा हटाउनमा मद्धत मिल्दछ।
वास्तुशास्त्रमा बोट बिरुवा लगाउने एउटा निश्चित दिशा हुने गर्दछ, यदि बोटबिरुवा सहि दिशामा लगाउन सक्यो भने घरमा सुख शान्ति र समृद्धि भई रहनेछ । गलत दिशामा लगाइयो भने यसको ज्यादै ठुलो नोक्सान पनि हुन सक्छ।
मोनी प्लान्टको बिरुवा घरको कुन दिशामा लगाउने र कुन दिशामा नलगाउने ? आउनुस जानकारी लिनुस् ।
– वास्तुशास्त्रका अनुसार घरमा मनि प्लान्टको बिरुवा उत्तर-पूर्व दिशामा राख्नु हुदैन जसले गर्दा घरमा सम्पन्नाता टाडा भाग्ने र घर परिवारमा सधै कलह झगडा भईरहने हुन्छ खटपट पैदा भईरहन्छ।
– मनि प्लान्टको लहरलाई जमिनमा फैलाउनुभन्दा कुनै दिवारको सहारा दिएर माथि अझै उभो चडाउनुपर्छ। यदि यसको लहर जमिनमा फैलियो भने धन प्राप्ति हुनुको सट्टा उल्टै पैसा सम्पतिको नोक्सान हुनेछ।
– मनी प्लान्ट लगाउने समयमा यो कुरामा ध्यान दिनुस कि कहिल्यै पनि यसको पता सुक्न नपाओस, समय-समयमा पानी अवस्य हाल्नुपर्दछ।
– मनी प्लान्टको बिरुवा घरको बाहिरभन्दा घर भित्र लगाउनु शुभ मानिन्छ। घरको भित्र मनी प्लांटको बिरुवा गमला अथवा काचको बोतलमा लगाउन सकिन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
