इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुमा भीषण आगलागी

काठमाडौं । केबुल तथा इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको बालुवाटारमा अवस्थित कार्यालयमा बुधवार भीषण आगलागी भएको छ।

मध्याह्न करीब साढे १२ बजेबाट लागेको आगो दिउँसो करीब २ बजे मात्र पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट ठूलो क्षति भएको अनुमन गरिएपनि यकिन विवरण भने आइसकेको छैन।

Advertisement

काठमाडौं महानगरपालिका, त्रिभुवन विमानस्थल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाका दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

स्टोरेज गरेर राखिएको ठूलो परिमाणको पेट्रोलियम पदर्थका कारण आगो नियन्त्रमा लिन मुस्किल परेको थियो।

स्थानीयका अनुसार दमकल पनि ढिला गरी पुग्दा थप क्षति भयो । त्यसमाथि पनि एउटा दमकल थोरै पानी मात्र बोकेर पुगेको थियो भने अर्कोको पाइप फुटेका कारण तत्काल आगो निभाउन कठिन भएको स्थानिय बताउँछन्।

More News last news
Loading...