अन्तरकलेज स्तरी फुटसल प्रतियोगिताको उपाधि आयोजक नवोदितलाई

गोविन्द मरासिनी/काठमाडौं । अन्तर कलेज स्तरिय फुटसलको उपाधि आयोजक नवोदित कलेजले जितेको छ ।

सामाखुशी फुटबलमा आज सम्पन्न प्रतियोगितामा पेनाल्टी सुट आउटमा समृद्धि कलेज बनस्थलीलाई ४/३ पछि पार्दै नवोदितले उपाधी आफ्नो पोल्टामा पारेको हो । उपाधीसँगै नवोदित कलेजले रु ६१ हजार नगद, मेडल र ट्रफि हात पार्यो भने उपबिजेता समृद्धि कलेजले रु ३५ हजारसहित मेडल र ट्रफिमा चित्त बुझायो ।

Advertisement

प्रतियोगितामा समृद्धि कलेजका विद्यार्थी आयुष घलान उत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्ट खेलाडी घलानले नगद रु पाँच हजार र ट्रफी हात पारेका छन् । प्रतियोगितामा उपत्यका भित्रका साउथ वेष्टन, हेराल्ड, तक्षशिला, रेडन, पासाङ ल्हामु सहित करिब ३० भन्दा वढी कलेजको सहभागिता रहेको थियो ।

प्रतियोगितामा वि.स २०७५ को एसईई परिक्षा उर्तिर्ण, कक्षा १२ नियमित अध्ययन गर्ने र भर्खरै १२ कक्षा उर्तिण विद्याथीहरुले भाग लिएका थिए । अध्यनका अलवा विधार्थीलाई विभिन्न खेलकुद गतिविधिहरुको आवश्यक पर्ने भएकाले यस्ता अतिरिक्त क्रियाकलाप बेला बेलामा सञ्चालन गरिने कलेजका प्राचार्य राजेन्द्र अधिकारीले नयाँ पुस्तालाई बताए ।

More News last news
Loading...