काठमाडौँ । कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा समाजवादी पार्टीका नेतामाथि आज दिउँसो गोली प्रहार भएको छ।
कपिलवस्तुको लवनीबाट पकडी जाँदै गरेका समाजवादी पार्टीका शुद्धोधन गाउँपालिका अध्यक्ष रामनयन यादवमाथि अज्ञात समूहले गोली चलाएको हो। अज्ञात समूहले दिउँसो २ बजे शुद्धोधन–६ टिटिरियामा अध्यक्ष यादवमाथि गोली प्रहार गरेको हो।
मोटरसाइकलमा रहेका यादवलाई पछाडिबाट मोटरसाइकलमै आएका २ जनाको समूहले गोली प्रहार गरी भागेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ।
शुद्धोधन गाउँपालिका–५ हथिहवा निवासी यादवको हातको पाखुरामा गोली लागेको छ। उनको अवस्था भने सामान्य रहेको राणाले जानकारी दिए।
सामान्य घाइते भएका यादवको अहिले तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
