कतार । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका प्रथम उपाध्यक्ष तेज कट्टुवालले आगामी महाधिवेशनमा अध्यक्षमा उमेद्वारी दिन घोषणा गरेका छन् ।
यहि आउँदो अगस्ट २३ तारिखबाट सुरु हुन लागेको अघिवेशनमा आफुँ अध्यक्षको स्वभाविक उम्मेद्वार भएको भन्दै कट्टुवालले उम्मेद्वारी घोषणा गरेका हुन्। यसअघि लामो समयदेखि कतारमा बसेर एनआरएनएमा काम गरेको अनुभव बटलेका तेज कटुवाल सचिवालय सदस्य, कार्यवाहक महासचिव हुँदै प्रथम उपाध्यक्षको भुमिका निर्वाह गरिसकेका छन् ।
कट्टवाले विगतको अनुभवलाई संस्था र समाजको हितमा समर्पण गर्ने मुल एजेण्डा सहित उम्मेद्वारी घोषणा गरेको नयाँ पुस्तालाई बताए ।
कटुवालले भने,‘गैरआवासीय नेपाली संघ कतारको अभियानमा आबद्ध सम्पूर्ण सदस्यहरु, अग्रज अभियन्ता र सिङ्गो कतारको नेपाली समाजले मलाई दिइरहेको साथ सहयोग र हौसला नै मेरा उर्जा हुन् । यहि उर्जालाई सदुपयोग गर्दै गैरआवासीय नेपाली संघ कतारको नेतृत्व गरेर कतारको नेपाली समाजमा एउटा स्वर्णिम अध्याय थप्ने मेरो आकांक्षा सहित अध्यक्षमा उम्मेद्वारी दिँदैं छु ।
कटवालका चुनावी योजनाहरु :
प्रशासनिक संचालनः
१. संघको विधानले निर्दिष्ट गरे वमोजिम एउटा मजवुत सचिवालय समिति निर्माण गरी सम्पुर्ण सदस्यहरुलाई विभागिय जिम्मेवारी प्रदान गर्दै कार्य चुस्ततामा जोड दिनेछु । जिम्मेवारी वमोजिम कार्य मुल्यांकन गरि प्रोत्साहित, निर्देशन र सहयोग गर्ने निति लिनेछु ।
२. संघको विधान वमोजिम विभिन्न उप–समितिहरुको गठन गरि तिनको कार्यविधि निर्माण गर्नेछु । कार्यविधि वमोजिम उपसमितिहरुको कार्य प्रगतिको अर्धवार्षिक रुपमा आन्तरिक समिक्षा गरि कामलाई चुस्त र प्रभावकारी वनाउन निर्देशित गर्नेछु ।
३. पदाधिकारीहरुबीच निरन्तर संवादका र संघ र समाजसँग आवश्यक सुचना आदान प्रदान, त्यसको व्यवस्थापन र आवश्यकता वमोजिम कार्यान्वयनलाई विशेष जोड दिनेछु ।
संघ तथा सामाजिक कार्यक्रमहरुः
१. विगतमा झैं एनसीसी र आईसिसिका कार्यक्रमहरु समावेश गरि एनआरएनए एनसीसी कतारले गर्दै आएका नेपाली भाषा, कला, संस्कृति विकास तथा सम्वद्र्धनलाई निरन्तरता दिनेछु ।
२. समाजका स्थापित संघसंस्थाहरुको गुणस्तर विकास तथा समय सापेक्ष विभिन्न निकायहरुसँगको सहकार्यलाई प्राथमिकतामा राखेर सवै संस्थाहरुलाई समावेश गर्नेछु ।
३. राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका कार्यक्रमहरुमा सवै सामाजिक संस्थाहरुलाई समान भुमिका र ढंगवाट सहभागि गराउनेछु ।
४.श्रोत र साधनको परिचालन गरि २०१९ देखि २०२१ कार्यकालमा नेपाल प्रवद्र्न कार्यक्रम आयोजनालाई मुख्य प्राथमिकतामा राख्नेछु ।
५.श्रमिक कोषलाई अझ मजवुत वनाउदै श्रमिकहरुको हित प्रभावकारी भुमिका निर्वाह गर्नेछु र टिमलाई पनि सहभागि गराउनेछु ।
समाजको लागि दिर्घकालिन योजनाहरुः
१. एनआरएनए एनसिसि कतार लाई एक गैर नाफामुलक साझा समाजिक संस्थाको रुपमा यस देशको कानुन बमोजिम दर्ता गर्ने विगत देखिको प्रयासलाई निरन्तरता दिनेछु ।
२. कतारमा नेपाली समुदायको प्रभावकारी उपस्थितिका साथै नेपाललाई प्रवद्र्धन गर्ने आधारको रुपमा ठानिएका सांस्कृतिक केन्द्र, नेपाली विद्यालय, नेपाली रेडियोको स्थापनार्थ समन्वयात्मक भूमिका निर्वाह गर्नेछु ।
अग्रज, अभियन्ता र आईसीसीसँगको सहकार्यः
१. “अग्रजलाई सम्मान, नयाँलाई प्रोत्साहन”को निति अवलम्वन गर्नेछु ।
२. आईसीसीसँगको संवादलाई चुस्त, दुरुस्त र प्रभावकारी वनाउन संस्थागत र व्यक्तिगत दुवै सम्वन्धको भरपुर सहयोग गर्नेछु ।
३. “एनआएनए साँस्कृतिक दुत” भन्ने अभियानलाई अवलम्वन गर्दै आईसीसीका प्रत्येक योजना सफल पार्नका लागि कतारवासी नेपालीहरुको भुमिकालाई महत्वका साथ अघि सार्नेछु ।
४. “श्रमिकको आम्दानी, नेपालमा लगानी” भन्ने मुल नारालाई अघि सार्दै आईसीसीसँग समन्वय गरि मझौला उद्योगमा लगानीको वातावरण निर्माणमा पहल गर्नेछु । ठुला लगानीकर्ताहरुलाई प्रोत्साहित गर्दै ‘एनआरएनए ईभेष्टमेण्ट फण्ड’ मा लगानी गर्न सहजिकरण गर्नेछु ।
आर्थिक व्यवस्थापन योजनाहरुः
१. श्रमिकको पैसा श्रमिक कै हितमा लगानी गर्नेछु । यसका लागि “श्रमिकको हित, एनआरएनएको जित” नारालाई अघि सारेको छु ।
२. अनुमानित वजेट वमोजिम आर्थिक व्यवस्थापनका लागि आन्तरिक, अभियानका अग्रजहरु र संघका शुभेच्छुकहरुसँग सहयोग संकलन गर्नेछु । यसरी संकलन गरि एउटा प्रशासनिक खर्च र सामाजिक खर्चको व्यवस्थापन गर्नेछु ।
३. संघमा उपलव्ध रकम तथा श्रोतलाई मितव्ययी र पारदर्शी तरिकाले सदुपयोग गर्न वैंकिंग प्रणालीको निरन्तरता तथा संस्थाको आर्थिक पक्ष सरलिकृत गर्नका लागि अध्यक्षको भुमिका मार्फत व्यक्तिगत रुपमा आर्थिक योगदान गर्नेछु । त्यसमा कार्यसमिति पदाधिकारी र अग्रजहरुलाई पनि समावेश गर्नेछु।
४. संघमा हाल विद्यमान विभिन्न कोषहरुको प्रभावकारी संचालन तथा तिनको व्यवस्थापनमा विधि, विधान र नियमावलीको अधिनमा रहि प्रभाकारी कार्यक्रमहरु संचालन गर्नेछु ।
५. सहभागिता मुलक आर्थिक योगदानको निति अबलम्बन गरेर एनसीसीको कोष र श्रमिक कल्याणकारी कोषलाई दरिलो बनाउ अधिकतम प्रयास गर्नेछु ।
सामाजिक अभियानमा कटुवालको आबद्धता
१. एनआरएनए अभियान
२०१५–१७ सचिवालय सदस्य, कार्यबाहक महासचिव ।
२०१७–१९ प्रथम उपाध्यक्ष, संघ संस्था समन्वय समिति संयोजक ।
२.पुर्व अध्यक्ष तथा सल्लाहकार संयोजकः मोरङ सुनसरी सेवा समाज कतार
३. बिशेष सल्लाहकारः भोजपुर सेवा समाज कतार
४.सल्लाहकारः खस क्षत्री सेवा समाज दोहा कतार
५. बिशेष सल्लाहकारः प्रवासी कटुवाल सेवा समाज कतार
कटवालको परिचय उनकै भाषामा
- नामः तेज कटुवाल
- जन्म मितिः वि.सं.२०३४ फाल्गुन २५
- जन्म स्थानः चरम्बी ९, भोजपुर
- हाल स्थायी बसोवासः इटहरी उप–महानगरपालिका वडा नं–९,सुनसरी
- बाबुको नामः हरिभक्त कटुवाल
- आमाको नामः स्व. नरमाया कटुवाल
- कतारको बसाईः बिगत २२ वर्ष देखि
- कतार प्रबेश गरेको मितिः वि.स. २०५४ साउन २९
- रुचिः समाज सेवा गर्ने
- कतारमा सामाजिक संघसंस्थाहरुमा आवद्
- बर्तमान गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको प्रथम उपाध्यक्ष एवं संघसंस्था समन्वय समिति संयोजक (२०१७–२०१९) कार्यकालको लागि
- गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको कार्यवाहक महासचिव २०१६–२०१७ गैरआवासीय नेपाली संघ,
- राष्ट्रिय समन्वय परिषद कतारको पुर्वाञ्चल सदस्य हुदै सचिवालय सदस्य २०१५ २०१७
- मोरङ सुनसरी सेवा समाज कतारको बर्तमान प्रमुख सल्लाहकार एवं निवर्तमान अध्यक्ष २०१८–२०१९
- भोजपुर सेवा समाज कतारको बिशेष सल्लाहकार
- खस क्षत्री सेवा समाज दोहा कतारको बर्तमान सल्लाहकार एवं आजीवन सदस्य
- प्रवासी कटुवाल सेवा समाज कतारको बिशेष सल्लाहकार
- कटुवाल हातेमालो एकता समाज नेपालको सल्लाहकार
- मोरङसुनसरी सेवा समाज नेपालको आजीवन सदस्य
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
