काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई शुभकामना दिएका छन्।
भट्टराईले बुधबार राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ खाएलगत्तै प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता थापाले ट्विट गरेर शुभकामना दिएका हुन्।
उनले मन्त्रीका रुपमा भट्टराईको सफलता उनको पार्टी नेपाल कम्युनिष्ट पार्टीसँग मात्र नजोडिएको बताएका छन्। उनले शुभकामना दिँदै ट्विट गरेका छन्, “दाइ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी सफलतापूर्वक पूरा होस्। मन्त्रीको रूपमा तपाईको सफलता तपाईं र तपाईं पार्टीसँग मात्र होइन, हाम्रो पुस्ताको राजनीतिकर्मीहरूप्रतिको आशा र विश्वाससँग जोडिएको छ। मुरीमुरी शुभकामना ।”
@yogesbhattarai दाइ संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी सफलतापूर्वक पूरा होस्। मन्त्रीको रूपमा तपाईँको सफलता तपाईँ र तपाईँको पार्टी संग मात्र होइन हाम्रो पुस्ताको राजनीतिकर्मीहरू प्रतिकाे आशा र विश्वास संग जाेडिएकाे छ। मुरी मुरी शुभकामना ।।
— Gagan Thapa (@thapagk) July 31, 2019
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
