भक्तपुर । मध्यपुरको बोडेमा आज दुई जना युवा युवतीको शव फेला परेको छ। भक्तपुरको थिमि नगरपालिका बोडेमा आज दुई जना एकै ठाउँमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।
मृत्यु हुनेमा सिन्धुपाल्चोक बाह्रबिसे घर भई बोडेमा कोठामा बस्दै आएका २१ वर्षीय जीवन तामाङ र रामेछाप जिल्लाका बेथान घर भई हाल जीवनसँग बोडेमा बस्दै आएकी १८ वर्षीया मंगली घिसिङ भएको महानगरीय प्रहरी बृत्त थिमीले जनाएका छन्।
सवारी चालकको काम गर्दै आएका जीवनको सिन्धुपाल्चोकमा श्रीमती रितु तामाङ र दुई वर्षकी छोरी हुँदाहुदै मंगलीलाई कोठामा ल्याएर राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको बताएको छ।
यही साउन ११ गते महानगरीय प्रहरी वृत्त थिमिमा श्रीमतीले श्रीमानको चालचलन ठिक नभएको र अर्की केटीसँग लागेर आफूलाई बेवास्ता गर्दै आएकाले निजलाई झिकाइ आवश्यक कारबाही गरी पाउँ भन्दै उजुरी दिएकी थिइन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
