प्रहरीको भेषमा जब तीन करोड डलर बराबरको सुन लुटियो

ब्राजिलमा बन्दुकधारीहरूले कम्तीमा तीन करोड डलर बराबरको ७५० किलोग्राम सुन लुटेका छन्। सन्दिग्धहरू प्रहरी अधिकारीहरूको पोशाकमा साओ पावलोस्थित ग्वारुलियोस विमानस्थलबाट सो परिमाणमा सुन लगेका हुन्।

उक्त सुन न्यूयोर्क र ज्यूरिक पुर्‍याउन लागिएको थियो। प्रहरीका अनुसार विमानस्थलका दुईजना कर्मचारीलाई बन्धक बनाइएको थियो।

Advertisement

अपहरण
केही विवरणहरूमा जनाइए अनुसार सुनबारे गोप्य जानकारी लिनका लागि सन्दिग्धहरूले विमानस्थलका एक वरिष्ठ अधिकारीका परिवारका सदस्यको बुधवार अपहरण गरेको हुन सक्छ।

सन्दिग्धहरूले पिकअप ट्रकलाई ब्राजिलको सङ्घीय प्रहरीको गाडीको स्वरूप दिएका थिए। उनीहरूले सुनलाई आफ्ना गाडीमा हाल्न विमानस्थलका कर्मचारीलाई बाध्य पारेका थिए।

भिडिओ फुटेजमा देखिए अनुसार गाडीबाट चारजना झरेका थिए र उनीहरूमध्ये कम्तीमा एक जनासँग राइफल थियो। विमानस्थलका एकजना प्रवक्ताले घटनामा कोही पनि घाइते नभएको बताए। यद्यपि कर्मचारीलाई बन्धक बनाइएको विषयमा उनले कुनै प्रतिक्रिया दिएनन्।बीबीसीको सहयोगमा

More News last news
Loading...