रसुवा : काठमाडौँ आउँदै गरेको टाटासुमोमाथि पहिरो खस्यो, २ को मृत्यु, ८ घाइते

काठमाडौं । रसुवामा डाँडाबाट सडकमा खसेको ढुंगे पहिरोमा परेर एक सुमो गाडी क्षतिग्रस्त भएको छ। घटनामा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। ८ मध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

गोसाइकुण्ड गाउँपालिका २ तातोपानी डाँडाबाट खसेको पहिरोमा परेर काठमाडौंदेखि जाँदै गरेको ना १ ज ७८२४ नम्बरको गाडी पुरिएको हो। प्रहरीले घाइतेहरुको उद्धार गरेर स्थानीय टिमुरेस्थित स्वास्थ्य चौकीमा उपचार गराइरहेको छ।

Advertisement

More News last news
Loading...