काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका-६ राम मन्दिर बस्ने माहाभारत गाउँपालिका-२ घर भएका ४३ वर्षीय दमाई सिंह वाईवाको घरमा जुवा तास खेलिरहेका सोही ठाउँ बस्ने ४३ वर्षीय दमाई सिंह वाईवा लगायत ७ जनालाई नगद १ लाख ४७ हजार रुपैयाँ र १० बुक सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
यसैगरी बनेपा नगरपालिका-८ पुरानो खसी बजारबाट तेमाल गाउँपालिका-५ घर भई सोही स्थानमा डेरा गरी बस्ने ६४ वर्षीय चतुरमान तामाङको कोठामा जुवातास खेलिरहेका बेथानचोक गाउँपालिका-५ बस्ने ३० वर्षीय अमृत लामा लगायत ७ जनालाई नगद १ लाख २३ हजार रुपैयाँ र १० बुक तास सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
