विपी स्मृति दिवसका अवसरमा नेविसंघद्वारा रौतहतका बाढीपीडितलाई राहत वितरण

रौतहत । विपी स्मृति दिवसको अबसरमा तराईमा आएको बाढीका कारण पिडामा परेका पीडितलाई नेपाल विद्यार्थी संघले राहत वितरण गरेको छ।

रौतहट जिल्लाको गढीमाइ नगरपालिका वडा नम्बर २ र ३ मा नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा नेविसंघले राहत सामाग्री वितरण गरेको हो।

Advertisement

आज ती २ वडामा नेविसंघले करिब तीन सय बाढी पीडित परिवारलाई चामल, तेल, पाल, लत्ताकपडा लगायतका अत्यावश्यक सामाग्री वितरण गरिएको नेविसंघका नेता सुशील भट्टले नयाँ पुस्तालाई जानकारी दिए।

राहत वितरण कार्यक्रममा नेपाली कांग्रेस रौतहट जिल्ला सभापति कृष्ण यादव, सांसद देव प्रसाद तिमल्सिना, धनलाल ढोकर, स्थानीय जनप्रतिनिधि, विद्यार्थी नेताहरु राम प्रसाद अधिकारी, बलदेव तिमल्सिना लगायतका नेताकार्यकर्ताको उपस्थिति थियो।

 

More News last news
Loading...