काठमाडौँको तारकेश्वरमा पौडी खेल्ने डुबेर बालकको मृत्युु

काठमाडौं । तारकेश्वर नगरपालिका १ स्थित पानी पोखरीमा पौडी खेल्ने क्रममा शनिबार साँझ डुबेका सोही ठाउँ बस्ने उदयपुरका विष्णु सुनुवारको छोरा १२ वर्षीय सुरज सुनुवारको शव फेला परेको छ ।

ती बालक पोखरीमा डुबेको खबर प्राप्त हुनासाथ प्रहरी प्रधान कार्यालय, विपद् व्यवस्थापन महाशाखा सामाखुसीबाट उद्दारमा खटिएको प्रहरी टोलीले करिब ३० मिनेटको प्रयासपछि पोखरीमा डुबेका उनको शव निकालिएको सो महाशाखाले जनाएको छ ।

Advertisement

More News last news
Loading...