बैतडी । मोटरसाईकल दुर्घटनामा परी बैतडीको सुर्नया गाउँपालिकाका वडा अध्यक्ष कलशबहादुर चन्दको ज्यान गएको छ।
महाकाली राजमार्ग अन्तर्गत बैतडीको सतबाँझबाट खोचलेक तर्फ से १ प १११४ नम्बरको मोटरसाईकलमा जाँदै गरेका अध्यक्ष चन्द वीपरीत दिशाबाट आउँदै गरेको २ प ६६३३ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा वडा अध्यक्षको ज्यान गएको हो ।
त्यस्तैगरी दुर्घटनामा घाइते भएका चन्द्र सिंह ऐरको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। मृतक चन्दको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। चन्द नेपाली कांग्रेसवाट निर्वाचित वडा १ का अध्यक्ष हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
