काठमाडौं । गैरआवासीय नेपाली संघ यूकेको नयाँ नेतृत्व चयनको मिति नजिकिदै जाँदा उम्मेद्वारी घोषणा गर्ने कार्य शुरु भईसकेको छ ।
आउँदो सेप्टेम्बर १६ तारिखमा हुने निर्वाचनका लागि उम्मेद्वारीहरुले आन्तरिक तयारी मात्र थालेका छैनन् आफ्नो पक्षमा माहौल बनाउन लागिपरेका छन् । यसैबीच लामो समयदेखि एनआरएन युकेमा काम गर्दै आएका लालबहादुर गुरूङ (एलबिजेड) ले आसन्न निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेद्वारी दिने भएको छन् ।
गुरुङले एनआरएन युकेलाई व्यबस्थित बनाउन, संस्था र युवाको हक हितका लागि आफूले उम्मेद्वारी दिएको बताएका छन् । टिडवर्थ नेपाली कम्युनिष्टका निवर्तमान अध्यक्ष र गैरआवासीय नेपाली संघ युकेको युवा संयोजको जिम्मेवारी सम्हालिसकेका गुरुङ आफ्ना एजेन्डा, आफ्ना भिजन नभइ कसैलाई आरोप लगाउँदैमा चुनाव जित्नेमा विश्वास गर्दैनन् ।
उनले भनेका छन्,‘एनआरएनका आकांक्षी र विभिन्न कित्तामा बाँडिएर खुट्टा तान्ने र आरोप प्रत्यारोप गर्ने प्रवृतिमाथि गम्भीर समीक्षा गर्नुपर्ने देखेको छु । यसै पनि हामी एउटा एउटा सपना बोकेर लण्डन आएका हौं । आम मान्छेका सपना पूरा गर्न के–के कुराले अड्चन गरिरहेको छ ? आम मान्छेका समस्या केके छन् ? एनआरएनको उद्देश्य र लक्ष्य के हुने र के भइरहेको छ ? छलफल गरौं, अगाडि बढौं ।’
गुरुङले एनआरएनको राजमार्गलाई अझ वृहद र सिर्जनशील बनाउने अभियानमा साथ दिन अपिल समेत गरेका छन् । आफू एनआरएनको जिम्मेवार पदमा पुगेपछि अधिकारको लडाईमा एक हिस्सेदार हुने साथै काधमा काध मिलाएर अगाडी बढ्ने प्रतिबद्धता समेत जनाएका छन् ।
एनआरएनए यूकेको गत निर्वाचनमा अत्याधिक मतसहित युवा संयोजकमा विजयी भएका गुरुङलाई बेलायतमा थुप्रै नेपाली सांस्कृतिक कार्यक्रम र नेपाली फिल्महरुको प्रदर्शनी उनले आयोजना गर्दै आएका छन् । उनकै संयोजनमा हालसालै चर्चित हास्य अभिनेताद्धय महजोडीदेखि लोकप्रिय सांगीतिक ब्याण्ड नेपथ्यसम्मका चर्चित कलाकारले बेलायतमा आएर प्रस्तुति गरिसकेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
