वडासचिव कार्यालयमै मदिरामा पिएर लठ्ठ अवस्थामा भेटिएपछि…

कञ्चनपुर । कञ्चनपुर कार्यालयमै मदिरामा लठ्ठ अवस्थामा भेटिएका एकजना वडा सचिवलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको वेदकोट नगरपालिका वडा नं. ९ का वडा सचिव सुन्दर बोहरा कार्यालयमै मदिरामा लठ्ठ परेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालयका प्रहरी नीरिक्षक कृष्णानन्द भट्टले वडा सचिव बोहराले मदिरा सेवन गरेर सेवाग्राहीलाई दुःख दिएकाले पक्राउ गरिएको बताए।

भट्टका अनुसार उनलाई सेवाग्राहीले दिएकै सूचनाका आधारमा पक्राउ गरिएको हो। वडा सचिव बोहराले कार्यालय समयमै मदिरा सेवन गरी सेवाग्राहीलाई दुःख दिदै आएको वडा अध्यक्ष रामसिंह धामीले बताए।

पटक पटक आग्रह गर्दा समेत नमानेपछि बाध्य भएर प्रहरीलाई खबर गरिएको उनले बताए। महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परिक्षणपछि उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

More News last news
Loading...