राजधानीको धोबिखोलामा स्थानीय र प्रहरीबीच झडप

काठमाडौं । राजधानीको धोबिखोलामा स्थानीय र प्रहरीबीच झडप भएको छ। धोबिखोला छेउमा खाने पानीको डिप बोरिङ गाड्न नपाउने भन्दै स्थानीयले विरोध गरेपछि प्रहरी र स्थानीयबीच झडप भएको हो।

धोबिखोलाको छेउमा मापदण्ड नपुर्‍याइ बोरिङ खन्न लागेको र व्यक्तिको जग्गामा बोरिङ परेकोले स्थानीयले बिरोध गरेका हुन्। सोमबार बिहान विरोध प्रदर्शनमा उत्रिएका स्थानीयको अवरोधलाई रोक्न प्रहरी परिचालन गरिएको थियो।

Advertisement

विरोध प्रदर्शनमा प्रहरीबल प्रयोग गरेर मेयर, उपमेयर र वडाअध्यक्षले मिलेमतोमा स्थानीयको हित विपरित काम गरिरहेको स्थानीयले बताएका छन्। बोरिङले पानी निकाल्दा वरपरको बस्तीमा पानी सुक्ने समस्या आउने भएकोले आफुहरु विरोधमा उत्रिएको स्थानीयको भनाइ छ।

More News last news
Loading...