सुमोमाथि खस्यो ढुंगा, गर्न सकेनन उद्दार

काठमाडौँ । शुक्रबार आएको पहिरोका कारण वीपी राजमार्गमा सयौं सवारी साधन अलपत्र परेका छन्। अविरल बर्षा भइरहेका कारण यातायातका साधन पहिरोका कारण अवरुद्ध भएका छन्।

एउटा सुमोमाथि ढुंगा खस्दा त्यसमा सवार एक जना चेपिएका छन् ।तर प्रहरीले उद्दार गर्न सकेको छैन। १८ घन्टादेखि यात्रु पहिरोको जोखिममा चेपिएको जीपमा छन्।

Advertisement

यात्रुका अ नुसार प्रशासनिक निकायले उद्दारका लागि ध्यान दिन सकेको छैन जसका कारण बर्षामा रातभरी बीच बाटोमा नै यात्रुहरू बिचल्लिमा परेका छन्।

पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिका ४ का एक बालकलाई खोलाले बगाएर बेपत्ता बनाएको छ। मिक्लाजुङ ४ खेसङखोपाका लोकबहादुर राईका १० वर्षीय छोरा दियान राईलाई खोलाले बगाएर बेपत्ता बनाएको हो। बेपत्ता बालकको खोजी भइरहेको गाउँपालिका अध्यक्ष अमर माखिमले जानकारी दिए।

बेपत्ता बालक रबिस्थित होलिचाइल्ड इङ्लिस स्कुलको कक्षा चारमा अध्यन गर्दै रहेको विद्यार्थी बताइएको छ। अबिरल वर्षातका कारण खोलामा बाढी आएपछि विद्यालय जाँदै गरेका दियाललाई खोलाले बगाएर बेपत्ता बनाएको प्रहरीको भनाई छ।

अहिले पानी पर्न रोकिएको र खोलाको बाढी केही कम भएकाले खोजी कार्यमा तीब्र बनाइएको प्रहरीले जनाएको छ।

More News last news
Loading...