ललितपुरमा मात्रै बाढी पहिरोमा परेर ६ जनाको मृत्यु

ललितपुर । बिहीबार साँझदेखि आएको अविरल वर्षाले ललितपुरमा ६ जनाको मृत्यु भएको छ । घर भत्किएर, पहिरो र बाढीले बगाएर ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बागमती गाउँपालिकाको माल्टाका १३ वर्षीय बालक सरोज जिम्बा रहेका छन् । उनको शुक्रबार घर भत्किएर मृत्यु भएको थियो ।

Advertisement

यस्तै शुक्रबार साँझ नै गोठमा काम गर्न गएकी ४५ वर्षीया सीता राणाको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैबीच मृत्यु हुनेमा महांकाल गाउँपालिकाका अबिरल गोले रहेका छन् । उनको पानीको भेल कटाउन जाँदा मृत्यु भएको हो ।

महांकाल गाउँपालिकामै आमाछोराको पुरिएर मृत्यु भएको छ । ४५ वर्षीया मानमाया लो आमा र १० वर्षीया सञ्जीव लो छोराको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीको भनाई छ।

यता ललितपुरको कुसुन्तीमा ४९ वर्षीय सुवेस बस्नेतको चिप्लिएर खोलामा पुगेपछि बगाएर मृत्यु भएको छ । उनको शव नख्खु खोलाले बगाएर ल्याएको अवस्थामा भेटिएको हो।

More News last news
Loading...