यस्तो देखियो दीपाश्री निरौलाको आइटम गीत ‘आज नगद भोली उधारो’(भिडियोसहित)

काठमाडौँ । निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाको आइटम गीत ‘आज नगद भोली उधारो’ सार्वजनिक भएको छ। फिल्म ‘हजार जुनीसम्म’को यो गीतमा दीपाश्री र आर्यन सिग्देलको अलवा स्वस्तिमा खड्का, नव–नायक अक्की प्रधान, कलाकार शिवहरि पौडेल, उत्तम केसी समेत देखिएका छन्। गीतमा दीपाश्रीले ‘भट्टीको साहुनी’को रुपमा आइटम नृत्य गरेकी छिन्।

भदौ ६ गते रिलिज मितितय भएको फिल्म ‘हजार जुनीसम्म’ को यो गीतमा कविराज गहतराजको कोरियोग्राफी र पुरुषोत्तम प्रधानको छायाँकन रहेको छ। प्रल्हाद तिमिल्सिना, मिना निरौला र दीपाश्रीकै स्वर गीतमा छ।

Advertisement

विकासराज आचार्यको निर्देशन रहेकोयो फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन्। कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन्,भने विशाल चाम्लिङ यसका निर्माता रहेका छन्।

More News last news
Loading...