बाढीले बगाएर ओखलढुंगामा २ जनाको मृत्यु    

ओखलढुंगा । ओखलढुंगामा अविरल बर्षापछि आएको बाढीले बगाउँदा दुई जनाएको मृत्यु भएको छ । जिल्लाको चिसंखुगढी गाउँपालिका र मोलुङ गाउँपालिकामा खोलाले बगाउदाँ दुईजनाको मृत्यु भएको हो।

स्थानीय लसुनेखोलाले बगाउँदा चिसंखुगढी गाउँपालिका ४ नवलपुरका ८५ वर्षीय पासाङकुटी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ।

Advertisement

बिहिबार बेलुकादेखी नै बेपत्ता रहेका शेर्पाको खोजी गर्ने क्रममा शुक्रबार (आज) दिउँसो लसुनेखोलाको किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक राजीव श्रेष्ठले बताए।

गाउँ डुल्न हिँडेका शेर्पा राती अबेरसम्म घर नफर्किएपछि प्रहरी र स्थानियवासीले खोजी गर्ने क्रममा चिसंखुगढी गाउँपालिका ७ स्थित खोला किनारमा शव फेला परेको श्रेष्ठको भनाई छ ।

More News last news
Loading...