काभ्रेमा पहिरोले घर पुरियो, २ जनाको मृत्यु २ घाईते

काठमाडौँ । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ३ चुँडालमा पहिरोले घर पुरिँदा एकै परिवारका २ जनाको ज्यान गएको छ।

काभ्रेको बनेपा नगरपालिका ३ चुँडालका रामप्रसाद दंगालको घर पहिरोले पुर्दा दंगालकी श्रीमति गोमा दंगाल र नातिनी सोहनी दंगालको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

पहिरोमा परी दंगालकी बुहारी सुशीला र अर्की नातिनी अनुस्का दंगाल घाईते भएका छन् । उनीहरुको शीर मेमोरियल अस्पतालमा उपचार भईरहेको छ।

More News last news
Loading...