काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिकामा मोबाइल चार्ज गर्न लागेका बेला करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ ।
सोमबार साँझ मनहरी गाउँपालिका ६ रुपाचुरीका १६ बर्षीय सञ्चलाल चेपाङको करेन्ट लागेर मृत्यु भएको हो । उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट अवरुद्ध भई बिस्फोट समेत भएको स्थानीयले बताएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
