काठमाडौं । काठमाडौंको भद्रकाली मन्दिर परिसरमा युवतीलाई यातना दिने ‘धर्तीमाता’ भनिने विष्णु कँुवर रिहा भएकी छिन् । उनी यही असार १३ गते बालाजु क्षेत्रबाट पक्राउ परेकि थिइन्।
महानगरीय कुँवरमाथि अभ्रद्र व्यवहार र मानहानीको दुईवटा मुद्दा चलाइएको प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।
कुँवर ३० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएकी हुन्। कुँवरले कैयौं मानिसको भीडको बीचमै एक युवतीलाई भोक्सी लागेको भन्दै यातना दिएकी भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
