सङ्घीय समाजवादी फोरमलाई झड्का, पूर्वमन्त्रीसहित नेता, कार्यकर्ता नेकपामा प्रवेश

काठमाडौं । सङ्घीय समाजवादी फोरम नेपालसँग एकीकरण गरेका तत्कालीन नयाँ शक्ति पार्टीबाट ५० जनाभन्दा बढी नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

फोरम नेपालसँग एकीकरण गरेपछि असन्तुष्टि जनाउँदै आएकी पूर्वमन्त्री एवं तत्कालीन नयाँ शक्ति नेपालका सचिवालय सदस्य कल्पना धमला, अर्का सचिवालय सदस्य देवेन्द्र पराजुलीलगायतका नेता तथा नेकपा प्रवेश गरेका हुन् । धमला र पराजुली श्रीमान श्रीमती हुन ।

Advertisement

धमला डा. बाबुराम भट्टराईको नेतृत्वमा बनेको सरकारमा विज्ञान तथा प्रविधि मन्त्री समेत थिए । शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धमला र पराजुलीसहित नेता तथा कार्यकर्तालाई स्वागत गरे ।

त्यस्तै मनु हुमागाइँ, भूमि देवकोटा, गोकुल केसी, अशोक पाण्डे, नवीन तामाङ, हरिमाया खत्री, प्रकाश सापकोटा, कुमार तिवारी, नकुल थापा, अशोक बस्नेत, प्रकाश लम्साल, बिनोद कार्की, रमेश देवकोटा, होमप्रसाद न्यौपाने, अञ्जना श्रेष्ठ, मनिषा कँडेल, नवराज पाण्डे, हरिभक्त आचार्यलगायत पनि नेकपामा प्रवेश गरेका छन् ।

More News last news
Loading...