एजेन्सी । साविकको विजेता चिलीलाई पराजित गर्दै पेरु कोपा अमेरिका २०१९ को फाइनलमा प्रवेश गरेको छ । पेरुले चिलीलाई ३–० ले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
खेलको २१ औं मिनेटमा पेरुले अग्रता लिएको थियो । खेलको ३८ औं मिनेटमा पेरुका लागि योशीमार योतुनले अग्रता दोब्बर पारे ।
चिलीका गोलरक्षक अरियासले पोजिसन बाहिर रहेर विङमा डिफेन्ड गर्न गएपछि क्यारिलोको लामो क्रसलाई योतुनले पेनाल्टी क्षेत्र बाहिरबाट गोलको दिशा दिए ।
चिलीले पेनाल्टीमा सान्त्वना गोल फर्काउने मौका पाएपनि एडुआर्डो भार्गासको प्रहार गोलरक्षकले बचाए । ९१ औं मिनेटमा पाउलो गुरेरोले गोल थप्दै ३-० को जित दिलाए ।
अब घरेलु टोली ब्राजिल र पेरुले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । ब्राजिलले यसअघि अर्जेन्टिनालाई २–० ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
