काठमाडौँ । समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकीकरण गर्ने सहमती भएको छ। एकीकरण गर्न दुबै पक्ष सहमत भइसकेका छन्। तर कुन मोडालिटीमा एकीकरण गर्ने भन्ने विषयमा भने छलफल भइरहेको छ।
दुबै पार्टीको असोज र कात्तिकमा हुने महाधिवेशनभन्दा पहिले एकीकरण टुङ्गो लगाउने गरि दुई दलको बीचमा छलफल शुरु भएको स्रोतले जनाएको छ।
एकीकरणको छलफललाई समाजवादी पार्टीको तर्फबाट अध्यक्ष उपेन्द्र यादव र राजपा नेपालको तर्फबाट सो पार्टीका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले तीव्रता दिएका छन्। अध्यक्षमण्डलका सदस्य महतो वार्ताका समितिका संयोजक पनि हुन्।
त्यसबाहेक, दुबै दलमा रहेका नेताहरुलाई कसरी व्यवस्थापना गर्ने विषयमा नेताहरुको बीचमा छलफल भइरहेको स्रोतको दावी छ। समाजवादी पार्टीका दुईजना अध्यक्ष र एकजना वरिष्ठ नेता छन् भने राजपा नेपालमा छ जना अध्यक्ष र एकजना सहअध्यक्ष रहेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
