एसईईमा ‘ए प्लस’ नआएको भन्दै काठमाडौँको चन्द्रागिरीमा एक किशोरीले गरिन् आत्महत्या

काठमाडौँ । एसईई परीक्षाको नतिजा राम्रो नआएको भन्दै काठमाडौं चन्द्रागिरी नगरपालिका–१२ बलम्वुकी एक किशोरीले आत्महत्या गरेकी छिन्।

अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका –७ घर भई चन्द्रागिरी १२ बलम्वु दुरसञ्चार श्री बलम्बु माविबाट यस वर्षको एसईई परिक्षा दिएकी सदीक्षा पौडेलले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

Advertisement

उनले एसईईमा ‘ए प्लस’ नतिजा नआएको भन्दै आत्महत्या गरेको बताइएको छ।

बलम्वु माध्यामिक विद्यालयबाट पौडेलको एसईईमा ३.६ जिपीए आएको थियो। सदीक्षाको शव शिक्षण अस्पताल महाराजगञ्ज पोस्टमार्टमको लागि पठाइएको प्रहरीले बताएको छ।

More News last news
Loading...