काठमाडौं । महानगरपालिकाले आगामी आथिर्क वर्ष २०७६/७७का लागि १५ अर्ब ५० करोड ७० लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
महानगरका मेयर विद्यासुन्दर शाक्यले नगरसभामा साढे १५ अर्बको विनियोजन विधेयक प्रस्तुत गरेका हुन्।
भौतिक पूर्वाधारका लागि ४ अर्ब ३१ करोड, समाजिक विकास कार्याक्रमका लागि १ अर्ब ५२ करोड, शिक्षाका लागि एक अर्ब ३५ करोड बजेट विनियोजन गरिएको छ।
पर्यटन तथा सम्पदा संरक्षणका लागि ६७ करोड, हनुमान ढोका संरक्षण कार्यक्रमका लागि करिब ५५ करोड, वातावरण तथा उद्यान व्यवस्था कार्यक्रमका लागि ३१ करोड ८५ लाख, शहरी योजना सम्बन्धी कार्यक्रमका लागि २९ करोड र सार्वजनिक निजी साझेदारी कार्यक्रमका लागि १६ करोड ८१ लाख रुपैयाँ बजेट छ्ट्याइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
