कीर्तिपुर गेट नजिकै शंकास्पद वस्तु फेला

काठमाडौँ । काठमाडौंको कीर्तिपुरमा आज बिहान बम भेटिएको छ।

कीर्तिपुरको नयाँबजारको गेट छेउमा बिहान ५ः५ बजेतिर रातो झण्डाले बेरेको वस्तुभित्र बोतलजस्तो देखिने शंकास्पद वस्तु फेला परेको जनाइएको छ।

Advertisement

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार यतिबेला नेपाली सेनाको टोलीले उक्त बम डिस्पोज गरेको छ।

विप्लव नेतृत्वको नेकपाले आज आह्वान गरेको बन्दमा शंकास्पद वस्तु भेटिएपछि स्थानीय त्रसित बनेका छन्।

More News last news
Loading...