काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका प्रभावशाली नेता नरबहादुर कार्की पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख उत्तमराज सुवेदी विप्लवका एक नेता कार्की पक्राउ परेको पुष्टि गरेका छन् । भोलि विप्लव समुहले बन्दको आह्वान गरेको छ ।
नो ट्याक्स नो एनसेल अभियान चलाइरहेका कार्कीलाई महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको संयुक्त टोलीले सोमबार अपरान्ह काठमाडौंको बालुवाटारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
