युएई । गैर आवासीय नेपाली संघ (एनआरएन) ओमनको अधिवेशन हुने भएको छ। अधिवेशनमा बिभिन्न देशका एनआरएनएन अभियान्ताहरूको सहभागिता हुुने भएको छ।
गैर आवासीय नेपाली संघ (एनआरएन) आइसिसीको महाधिवेशन आगामी अक्टोवर १३ देखि १६ मा हुने मिति तय भए लगतै ओमन लगाएत अन्य राष्ट्रहरूमा एनसिसीहरूको अधिवेशन हुन लागेको हो। मध्य पूर्वको सबैभन्दा महत्वपूर्ण एनिससी ओमनमा आगामी २८ जुनमा अधिवेशन हुने भएको हो। उक्त अधिवेशनमा विश्वभरीका एनआरएनए अभियन्ता आउने भएका छन्।
ओमनमा बर्तमान सचिव डिवी क्षेत्री भएका कारण सबै देशका केन्द्रीय स्तरका (एनआरएनएन) अभियान्ताहरूको उपस्थितिलाइ निकै अर्थपूर्ण रुपमा हेरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
