काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देव गुरुङले नेकपा पार्टी फुट्न सक्ने सनसनीपूर्ण खुलासा गरेका छन्।
बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो बताएका हुन्।
गुरुङले पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकता ताका भएको सहमति पूर्ण रुपमा कार्यान्वयन नभए गम्भिर दुर्घट्ना हुने पनि खतरा औंल्याएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
