काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई कमजोर बनाउन सरकारी निकाय नै सक्रिय भएको आरोप लागाएका छन्। बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै ओलीले भित्रबाटै कमजोर बनाउने खेल सरकारी निकायबाटै भएको आरोप लगाएका हुन्।
प्रधानमन्त्री ओलीले सरकारी निकाय नै सरकारलाई कमजोर, नराम्रो बनाउनतिर अग्रसर भएको बताएका हुन्।
उनले पछिल्लो समय असहयोगको वातावरण बनेको भनेको भन्दै खुलेआम सरकारलाई बदनाम गर्ने राजनीतिक तवरबाट पहिलेदेखि नै खेल हुँदै आएको र अहिले त्यो खेल सरकारी नियकाबाटै सुरु भएको बताए। उनले भने, यसमा हामी सजग हुनु जरुरी छ। सजग हुने भनेको कसैले भन्ने ठाउँ नपाउनेगरी काम गर्ने हो। माननीय मन्त्रीहरुले यसमा ध्यान पुगोस्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
