सुर्खेत । कर्णाली नदीमा जीप खसेको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित कर्णाली नदीमा यात्रुबहाक जीप दुर्घटनाग्रस्त भएको हो ।
जीपमा कति यात्रु सवार थिए भन्ने यकिन नभएपनि जीपमा करिब १० जना सवार रहेको घटनास्थलमा खटिएका नेपाल प्रहरीका सहायक निरिक्षक सन्तबहादुर पालले नयाँपुस्तालाई जानकारी दिए ।
उनका अनुसार नदीमा खसेको जीपको खोजी भईरहेको र अहिले घटनास्थलमा ५ वटा हेलिकोप्टर सहित नेपाल प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेको छ ।
बिस्तृत विवरण आउन बाँकी छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
