गुठी विधेयक खारेज गर्न माग गर्दै गोकर्णेश्वरमा प्रदर्शन

काठमाडौँ । वर्तमान सरकारले ल्याएको गुठी विधेयक विरुद्ध काठमाडौं उपत्यकाभित्र आन्दोलन चर्किदै गएको छ। यसै क्रममा नेवार समुदायको बाक्लो उपस्थिति रहेको गोकर्णेश्वर नगरपालिकाका स्थानीयले पनि गुठी विधेयकको चर्को विरोध गरेका छन्।

आन्दोलनमा अन्य समुदायको व्यक्ति तथा नागरिक समाजले पनि ऐक्यवद्धता जनाएको छाहारी युवा क्लबका अध्यक्ष समेत रहेका सामाजिक कार्यकर्ता कुमार श्रेष्ठले जानकारी दिए।

Advertisement

श्रेष्ठका अनुसार गोकर्णेश्वर मन्दिर परिसरमा जम्मा भएका स्थानीयले जोरपाटीसम्म प्रदर्शन गरेका थिए। सरकारविरुद्ध चर्को नारावाजी गर्दै उनीहरूले गुठी विधेयक फिर्ता लिन माग गरे। बाजागाजा र झाँकीसहित गोकर्णेश्वर नगरपालिका गुठीयारहरू प्रदर्शनमा सहभागी भए।

जोरपाटीमा आयोजित कोण सभालाई सम्बोधन गर्दै स्थानीयहरूले धर्म, संकृति र परम्परालाई समाप्त पार्ने गरेर ल्याइएको गुठी विधेयकलाई कुनै पनि हालतमा आफूहरूले स्वीकार नगर्ने चेतावनी दिए । माग पूरा नभए अझ शशक्त आन्दोलन गर्ने छाहारी युवा क्लबका अध्यक्ष कुमार श्रेष्ठले बताए ।

More News last news
Loading...