पार्टी नेतृत्वले नै तरुण दललाई अपाङ्ग बनाएको महासचिव शाहीको आरोप

काठमाडौँ । नेपाल तरुण दलका महासचिव भुपेन्द्र जङ्ग शाहीले नेपाल तरुण दलको कार्यकाल सकिन लाग्दा पनि केन्द्रीय कमिटि बिस्तार नहुनु बिडम्बना भएको भन्दै तरुण दललाई तत्काल बिस्तार गर्न माग गरेका छन् ।

काठमाडौंको एक होटेलमा भएको तरुण दलको कार्यक्रममा बोल्दै शाहीले भने “पार्टीले हाम्रो हात खुट्टा बांधेर कम्युनिष्ठसंग लड्न पठाउन खोज्यो। अब समिति बिस्तार नभए हामी चुप लागेर बस्दैनौं पार्टीमा सशक्त दबाब सिर्जना गर्छौ ।”

Advertisement

२०७३ मंसिर १ गते पोखरामा सर्बसम्मत बनेको चार जना पदाधिकारीको आउने मंसिरमा कार्यकाल सकिँदैछ। महांसचिव शाहीले तरुण दललाई अपाङ्ग बनाउने काम पार्टी नेत्तृत्वबाटै भएको आरोप लगाउँदै पार्टी सभापतिले तरुण दललाई अनिर्णयको बन्दी बनाएको बताए।

कार्यक्रममा सहभागीहरुले तरुण दललाई बिस्तार नगरेको भन्दै शिर्ष नेताहरुप्रति आक्रोश व्यक्त गरेका थिए । कार्यक्रममा तरुण दल काठमाडौँका जिल्ला अध्यक्ष कृष्ण जि खड्का, महांधिवेशन प्रतिनिधी सुरज चन्द्र लामिछाने, सोम लामा, राहुल रेग्मी, धनबहादुर बाँनिया , सरोज शर्मा, पवित्रा पोख्रेल, विष्णु धिताल लगायतले तरुण दल विस्तार हुनुपर्ने माग गरेका गरेका थिए ।

More News last news
Loading...