काठमाडौं । चौतर्फी विरोधपछि सरकारले ५ घण्टा नवित्दै सार्वजनिक यातायातको भाडा बढाएको निर्णय फिर्ता लिएको छ।
यातायात व्यवस्था विभागले बिहीबार दिउँसो १२ प्रतिशतसम्म भाडा वद्धि गर्ने निर्णय गरेको थियो। विभागले देशभरको नयाँ भाडादर समेत सार्वजनिक गरिसकेको थियो। तर चौतर्फी बिरोधपछि कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेल र सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालको निर्देशनमा भाडा बढाउने निर्णयबाट विभाग पछि हटेको हो।
विभागस्रोतका अनुसार भाडा बढाउने निर्णय भए लगतै प्रधानमन्त्री कार्यालयले चासो देखाएको थियो। बजेट पारित नहुँदै भाडा बढाउँदा सरकारको तीव्र आलोचना हुने भन्दै भाडा वृद्धिको निर्णय तत्काल स्थगन गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको स्रोतको दाबी छ।
त्यस्तै सरकार असार १ गतेबाट काठमाडौँ उपत्यकामा रात्रिबस सञ्चालन गर्ने निर्णयबाट पनि पछि हटेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
