लोकसेवा विवादः विज्ञापन रद्द गर्न निर्देशन दिएपछि काठमाडौँमा सडक आन्दोलन सुरु

काठमाडौं । लोकसेवा आयोगको कर्मचारी भर्ना सम्बन्धी विज्ञापन तत्काल रद्द गर्न निर्देशन दिएपछि संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिविरुद्ध विरोध गर्दै आज काठमाडौंमा आन्दोलन सुरु भएको छ।

लोक सेवा तयारी तदर्थ संघर्ष समिति, नेपालले राज्य व्यवस्था तथा सुशासन समितिले तत्काल विज्ञापन रद्द गर्न लोक सेवा आयोगलाई दिएको निर्देशन मान्य नहुने चेतावनी दिँदै काठमाडौंको माईतीघर मण्डलामा मंगलबार बिहानबाट आन्दोलन सुरु गरेको हो।

Advertisement

संघर्ष समितिमा आवद्ध विद्यार्थीहरुले संसदीय समितिले संविधान, कानुन र जनताको हित विरुद्ध सो निर्देशन दिएकाले त्यसका विरुद्ध सडक संघर्ष सूरु गर्नु परेको बताएका छन्। उनीहरुले राज्य व्यवस्था समितिले सो निर्देशन फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन जारी रहने चेतावनी पनि दिएका छन।

विद्यार्थीहरुले स्थानीय तहमा करारमा कर्मचारी राखेर लोक सेवा आयोगको अधिकार क्षेत्रमाथि हस्तक्षेप नगर्न समेत समितिलाई चेतावनी दिएका छन्।

More News last news
Loading...